काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धमा विपक्षी दलहरु सर्वोच्च अदालत जाँदैछन् ।
अदालत जानु अगाडि पाँच वटा दलहरु आन्तरिक छलफलमा जुटेका छन् । साथै हस्ताक्षर गर्न बाँकी रहेका सांसदहरुको हस्ताक्षर गर्ने काम पनि गरिरहेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंहदरबारमा केहीबेर अघि रिटमा हस्ताक्षर गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै रिट दायर गर्न लागेको हो ।





प्रतिक्रिया