संसद विघटनको विरोधमा नेपाल समूहका २३ सांसदको हस्ताक्षर, योगेश र गोकर्णले हस्ताक्षर गरेनन्

संसद विघटनको विरोधमा नेपाल समूहका २३ सांसदको हस्ताक्षर, योगेश र गोकर्णले हस्ताक्षर गरेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा एमाले माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको संसद विघटनको विरोधमा नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।  सांसद सोमप्रसाद पाण्डेले गोकर्ण विष्टले बिरामी भएका कारण हस्ताक्षर नगरेको बताए । त्यस्तै योगेश भट्टराई, पवित्रा निरौला खरेल र गणेश पहाडीले पनि हस्ताक्षर गरेका छैनन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने,सोमप्रसाद पाण्डे,कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू,सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पा कर्ण कायस्थ,भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र  नारायण खतिवडा छन् ।