अदालत जानु अगाडि गठबन्धनका शीर्ष नेता आन्तरिक छलफलमा

अदालत जानु अगाडि गठबन्धनका शीर्ष नेता आन्तरिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनको विरोधमा रहेका विपक्षी दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार बिहान १० बजे अदालतमा रिट दायर गर्ने बताएका विपक्षी गठबन्धनका राजनीतिक दलहरु सिंहदरबारमा आन्तरिक छलफलमा जुटेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

छलफलपछि उनीहरु अदालत जाने तयारीमा छन् । विपक्षी दलले सिंहदरबारमा सांसदहरूको हस्ताक्षर संकलन गरिसकेका छन् ।