काठमाण्डु – महान्यायाधिवक्ताको कार्यालयले नागरिकता अध्यादेशबारे गलत प्रचार गरिएको बताएको छ ।
सोमबार नागरिकता अध्यादेशबारे प्रष्ट पार्न पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ताको कार्यालयले समाजमा भ्रम फैलाउने तत्वहरु सक्रिय भएको बताएको छ ।
उनले संविधानको व्यवस्था अनुसार जन्मको आधारमा नेपाली नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी नागरिकताा अध्यादेश जारी गरिएको स्पष्ट पारेका छन् ।
‘नागरिकता अध्यादेशबारे अर्नगल प्रचार गरियो । संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न र सर्वोच्च अदालतले विभिन्न मुद्दाहरुमा दिएको आदेश कार्यान्वयन गर्नका निम्ति माात्रै यो अध्यादेश सिमित छ’, सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले संसदबाट नागरिकता विधेयक पारित हुन नसकेका कारण अध्यादेश ल्याउनु परेको बताए । उनले संसदमा उचित समयमा विधेयक पेश गरे पनि लामो समयसम्म टुंगो लाग्न नसक्दा अध्यादेश ल्याउनु परेको बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता अध्यादेश जारी गरेकी थिइन् ।




प्रतिक्रिया