रेशम चौधरीको मुद्दा फिर्ता हुँदैनः महान्यायाधीवक्ता बडाल

रेशम चौधरीको मुद्दा फिर्ता हुँदैनः महान्यायाधीवक्ता बडाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महान्यायाधीवक्ताको कार्यालयले जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता नहुने स्पष्ट पारेको छ ।

महान्यायाधीवक्ता रमेश बडालले अदालतले दोषी ठहर गरेका व्यक्तिको मुद्दा फिर्ता नहुने स्पष्ट पारेका हुन् ।

‘संविधान र कानून भन्दा बाहिर गएर केही पाइँदैन । उहाँको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ । फिर्ता हुनसक्ने अवस्था छैन्,’ उनले भने ।

उनले जिल्ला अदालतको तहमा भएको भए केही छलफल हुनसक्ने भएपनि सर्वोच्चमा गएको मुद्दा फिर्ता नहुने स्पष्ट पारेका हुन् ।