नेपाल समूहले स्पष्टिकरण दिएन, कारबाही गर्ने प्रधानमन्त्रीको तयारी

नेपाल समूहले स्पष्टिकरण दिएन, कारबाही गर्ने प्रधानमन्त्रीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले स्पष्टिकरण नदिने बताएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका हुन् ।

‘उहाँले उल्लेख गरेको कुराहरु निराधार छन् । उहाँ नेकपा एमालेको होइन महाधिवेशन आयोजक कमिटीको अध्यक्ष हुनुभएको छ । कुनै पनि स्पष्टीकरणको जवाफ दिनु पर्दैन,’ उनले भने ।

गत शनिवार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले नेता नेपालसहित ११ जना सांसदलाईस्पष्टीकरण सोधेको थियो ।

नेता रावलले वार्ता टोलीको औचित्य नभएको पनि बताएका छन् । उनले प्रधानमन्त्री ओलीका दूतहरुसँग वार्ता नगर्ने बताएका हुन् ।

‘ओलीले खटाएका मान्छेहरुसँग वार्ता गर्नुको औचित्य छैन,’ रावलले भने, ‘लोकतन्त्र रक्षाका लागि जुनसुकै पाइला चाल्नुपर्ने हुनसक्छ ।’

एमालेले नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरुलाई स्पष्टिकरण सोधेको थियो ।

एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले नेपाल समूहबाट स्पष्टिकरण नआएको बताए । उनले आजको बैठकले आवश्यक कारबाही गर्ने बताए ।

प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे एमाले स्थायी कमिटीको बैठक बोलाएका छन् । बालुवाटारमा बस्ने बैठकले नेता नेपालसहितका नेताहरुमाथि कारबाहीको सम्भावना रहेको बताइएको छ ।