३३ किलो सुन प्रकरण : अदालतबाट छुटेकाहरु फेरी सुन तस्करीमै

३३ किलो सुन प्रकरण : अदालतबाट छुटेकाहरु फेरी सुन तस्करीमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – डेढ वर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा ‘उम्किएका’हरूले नै त्यही धन्दालाई निरन्तरता दिएको खुलेको छ । अहिलेको सुन तस्करी काण्डका मुख्य आरोपित ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरूविरुद्ध मुद्दा चलाइएन ।

मुद्दाका प्रतिवादी सूचीबाट उम्किएपछि उनीहरू फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरूमाथि गत वर्षकै मुद्दामा समेत जिल्ला अदालत काठमाडौंमा आरोपपत्र पेस गर्ने तयारी भएको छ ।

२०७३ फागुन २२ मा जिल्ला अदालत, काठमाडौंमा दायर आरोपपत्रमा सीताराम खरेलका नाममा गोरेले दुबईमा बसेर सुन ओसार पसार गरिरहेको उल्लेख छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भने ठेगाना नखुलेको भन्दै उनीलगायत माथि मुद्दा चलाएन । आरोपपत्रमा ठेगाना खुलेपछि पूरक अभियोगपत्र पेस गर्ने उल्लेख थियो ।

‘प्रहरीले अनुसन्धानका क्रममा कुनै शंकास्पद व्यक्तिको ठेगाना खुलेन भने कि त व्यक्ति पक्राउ पर्नुपर्छ, नभए ठेगाना खुलेका बखत पूरक आरोपपत्र पेस गर्न सकिने व्यवस्था छ,’ सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सूर्यराज दाहालले भने, ‘गत वर्षको सुनकाण्डका थप आरोपितको हकमा फेरि अनुसन्धान सुरु गरिसकेका छौं, अभियोगपत्र दायर हुँदै छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।