काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा आफुहरु सकारात्मक रहेको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्री त्रिपाठीले विज्ञहरुको सुझावका आधारमा स्वास्थ्य संकटकाल लगाउने विषयमा आफूहरु सकारात्मक रहेको बताएका हुन् ।
‘विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएका छन् । मन्त्रालय त्यसमा सकारात्मक छ’, उनले भने ।
मन्त्री त्रिपाठीले आगामी चार साताभित्र कोरोना संक्रमण घट्दै जाने बताएका छन् । उनले हाल दैनिक सरदर ८ हजार ३ सय जनामा संक्रमण भेटिएको बताउँदै चार हप्तापछि यो दर घट्ने बताए ।
त्यस्तै उनले कोरोना भाइरस संक्रमणविरुद्ध ५० लाख डोज खोप खरिदका लागि पाँच वटा देशलाई पत्राचार भइसकेको बताए । मन्त्री त्रिपाठीले खोप खरिदका लागि युरोपियन युनियन, बेलायत, चीन अमेरिका र भारतसँग छलफल भइरहेको बताएका हुन् ।




प्रतिक्रिया