संसद विघटनः सभामुख सापकोटाले पूर्वसभामुखहरुलाई छलफलका लागि बोलाए

संसद विघटनः सभामुख सापकोटाले पूर्वसभामुखहरुलाई छलफलका लागि बोलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्ने भएका छन् ।

मंगलबार दिउँसो १ बसे सिंहदरबारमा सभामुख सापकोटाले पूर्वसभामुखहरुलाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनको घोषणा गरेपछि सभामुख सापकोटा पनि आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताउँदै आएका सभामुख सापकोटाले संसद सुचारु गर्ने वा अन्य विकल्पमा अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पूर्वसभामुखलाई बोलाएका हुन् ।

केही कानून व्यावसायीहरुले संसद सुचारु गर्न सुझाव दिएपछि सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका हुन् ।

उनले पूर्वसभामुखहरु दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलमा बोलाएका छन् ।