अस्पतालमा तत्काल अक्सिजन प्लान्ट जोड्न वनमन्त्री आलेको निर्देशन

अस्पतालमा तत्काल अक्सिजन प्लान्ट जोड्न वनमन्त्री आलेको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी- केन्द्र सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले डोटी जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रक्रिया तत्काल थाल्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

जिल्लामा अक्सिजनको अभाव भएपछि केन्द्र सरकारले बजेट विनियोजन गरिसकेको भन्दै अक्सिजन प्लान्टको सञ्चालनमा विलम्ब नगर्न निर्देशन दिएका हुन् । मन्त्री आलेले जिल्लामा अक्सिजनको अभाव नहोस् भन्नको लागि आफूले अर्थमन्त्रीसँग अनुरोध गर्दै अक्सिजन प्लाण्टका लागि एक करोड ५० लाख रकम विनियोजन गराएको बताए ।

अक्सिजन लगायत महामारी नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामग्रीसहित सोमवार गृहजिल्ला डोटी पुगेका आलेले सरकार महामारी नियन्त्रणका लागि सक्रियतापूर्वक लागिरहेको वताए ।

कोभिड रोकथामका लागि अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा धन्यवाद दिँदै उच्च मनोबलका साथ काम गर्न समेत मन्त्री आलेले आग्रह गरे ।उनले आफुले पनि सकेजति व्यक्तिगत रुपमा जनताको पक्षमा काम गरिहेको बताए ।