काठमाण्डु – नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो ९३ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज २ सय रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




प्रतिक्रिया