१ सय ४६ सांसदको रिटमाथिको सुनुवाई कहिले हुन्छ ?

१ सय ४६ सांसदको रिटमाथिको सुनुवाई कहिले हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालसहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश लगायतका विभिन्न आदेश माग्दै दायर गरेको रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।

सर्वोच्च अदालतमा आज दुईटामात्र इजलास तोकिएका छन् । दुवैमा सोमवार दायर भएका प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।

आज मंगलबार सबै निवेदनहरू कम्प्युटरमा इन्ट्री गर्दैमा बित्ने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । भोलि बुधबार बुद्ध जयन्ती भएकाले सार्वजनिक विदा परेको छ । बिहीबार संवैधानिक इजलास बस्ने गरेको छैन ।

त्यसैले १४६ सांसदको रिटसहित ९ वटा रिटको पहिलो पेशी सम्भवतः शुक्रबारमात्रै हुने अदालत प्रशासनले बताएको छ । सर्वोच्च अदालतमा कुल २८ वटा रिट दायर भएका छन् । केपी ओलीको पक्षबाट पनि चारवटा रिट दर्ता भएका छन् ।

बाँकी २४ रिटहरु ओलीको विरुद्धमा छन् । २८ वटा रिटमध्ये ९ वटा रिट संवैधानिक इजलासमा सोझै जान्छन् । बाँकी १९ वटा रिटको पेशी सामान्य बेञ्चबाटै तोकिन्छ ।