काठमाण्डु – शेयर बजार कारोबार मापक नेप्से परिसूचक आज (मंगलबार) सामान्य अंकले घटेको छ । नेप्से आज ६.४७ अंकले घटेर दुई हजार आठ सय १६ दशमलब ६० विन्दुमा थामिएको छ ।
‘क’ वर्गक कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ अंकमा झरेको छ ।कारोबार भएका समूहमध्ये ७ समूह बाहेक अन्य समूह बढेका छन् ।
आज २सय १९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६सय ७५ कित्ता सेयर किनबेच भएको छ । आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा माउण्टेन हाइड्रो नेपाल, घलेम्दी हाइड्रो, बरुण हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन् ।




प्रतिक्रिया