बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाई : चलखेल बन्द हुने विश्लेषकहरुको दावी

बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाई : चलखेल बन्द हुने विश्लेषकहरुको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर बजारमा लगानी गर्न कडाई गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलवार सर्कुलर जारी गर्दै दोस्रो वजारमा लागनी गर्न कडाइ गरेको हो ।

केन्द्रीय बैंकको नयां सर्कुलरमा कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचिकृत भएको सेयरमा एक वर्षभन्दा कम समयका लागी लगानी गर्न नपाईने उल्लेख छ । तर, एक वर्षभन्दा बढी अवधीको लागी भने लगानी गर्न पाइने व्यवस्था छ।

पत्रिपत्रमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’

उनिहरुलाई खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूंजीको एक प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने अधिकार दिइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा छोटो समयका लागि बजारमा खेलेर रामै आम्दानी गर्दै आएका थिए । त्यसले पनि सेयर बजार बढिरहेको थियो । तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।

यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई घ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न पनि बन्देज गरिएको छ। ‘विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन ।’ सर्कुलरमा भनिएको छ–’यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री\विनिवेश गरिसक्नुपर्नेछ ।’

यसअघि विभिन्न बैंक,लद्युवित्त र अन्य वित्तीय कम्पनीले आफ्नो प्राथमिक पुजीको ३० प्रतिशसम्म लगानी गर्न पाउने व्यवस्था थियो भने उनिहरुले सेयर बजारमा ४० अर्ब रुपैयाभन्दा बढी लगानी गरेका छन् ।

पुजी बजारमा एकैदिन १३ अर्ब रुपैयासम्म कारोबार कारोबार भइरहेको थियो । यसलाई रोक्न पनि केन्द्रीय बैंकले कडाइ गरेको हो ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार राष्ट्र बैंकको निर्देशनलाई सकारात्मक रुपमा लिनु पर्ने बताउछन्। उनले अल्पकालीन लगानी गर्न बैंकहरुलाई रोक लगाएकोले अब बजारमा चलखेल बन्द हुने दावी समेत गरे ।

रौनियारले भने ‘हालसम्म बैंकहरुले लाभांश दिन नसक्ने शेयरहरु पनि खरिद बिक्रि गरेर छोटो समयमा लाभ लिने गरेको थियो । अव त्योे बन्द हुन्छ र यसबाट बजारमा चलखेल हुंदैन र यसबाट बजारलाई स्वभाविक रुपमा चल्न मद्दत गर्छ । ’