काठमाण्डु – नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।
आज बसेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।
नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पार्टीको निर्णयपछि संसदीय दलमा छलफल भएको हो ।
एमालेको निर्णयसंगै त्रिलोचन भट्टको सरकार नढल्ने भएको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । बुधबारको बैठकमा २१ जना सहभागी थिए ।




प्रतिक्रिया