कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काेराेना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ ।  कैलालीका स्थायी बासिन्दा मल्लको काठमाण्डुकाे निदान अस्पतालमा उपचारका क्रममा निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए।

मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।मल्ल पूर्वराष्ट्रिय पञ्चायतका सदस्य पनि थिए।

पञ्चायत र पछिका दिनमा राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मल्लका एक छोरा र एक छोरी छन् ।