काठमाण्डु – काठमाण्डु उपत्यकामा समस्यामा परेकाहरूकाे लागि स्वास्थ्य सामाग्रीसहित अक्सिजन सिलिन्डर बोक्दै नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव तथा सक्षम स्मृति प्रतिष्ठानका अध्यक्ष प्रबिण कुमार तामाङ दुखी र गरिबहरुको कोठा कोठामा पुगेका छन् ।
कोरोनाभाइरस कोभिड-१९ आक्रान्त फैलिएपछि अस्पतालमा अक्सिजन सिलिन्डर, आईसीयू, बेड, र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदा दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढ्न थालेपछि आफ्नो ज्यान जोखिममा राखेर दुखी गरिबहरुको लागि अग्रभागमा खटेर समस्यामा परेकालाई रातदिन जुनसुकै अवस्थामा पनि सकेसम्मको सहयोग गर्ने तामाङले बताए।
एक अर्कामा सहयोग गर्ने अवस्था भए यो महामारीबाट बचाउन सकिने आफू पनि बाच्ने र आफुलाई जोखिम मोलेरै भए पनि समस्यामा परेकालाई सहयोग गर्नु गर्व लाग्ने तामाङ्गले भने,।





प्रतिक्रिया