मन्त्रिपरिषद्को बैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

मन्त्रिपरिषद्को बैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू – सरकारले आर्थिक वर्ष २०७८-७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि आजै बजेट प्रस्तुत हुनेछ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने छन् । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको अर्थमन्त्रालय श्रोतले जनाएको छ ।बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।