राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे विजयी, एमालेका उम्मेदवार ५४६ मतले पराजित

राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे विजयी, एमालेका उम्मेदवार ५४६ मतले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् ।

सोमबार भएको उपनिर्वाचनमा पाण्डेले ४१४० मतसहित नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई (३५९४) पराजित गरेका हुन् । उनी ५४६ मतले पराजित भएका हुन् ।

पाण्डेलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी उपेन्द्र–बाबुराम समूहको समर्थन रहेको थियो ।