काठमाण्डु – गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त तथा प्राथमिकताबारे छलफल हुँदैछ ।
सोमबार अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा सोमबार आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । जसमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तयार पारिएका कार्यक्रम र पुराना योजनालाई प्राथमिकतामा राखिएको छ ।
कोभिडको सामना गर्दै जनजीवनलाई सामान्य बनाउन र वर्तमान सरकारका योजनालाई निरन्तरता दिएर प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउने गरी बजेटमा प्राथमिकता दिइएको उनको भनाई छ ।




प्रतिक्रिया