काठमाण्डु – कोभिड– १९ यूनिफाइड केन्द्रिय अस्पताल वीरको नयाँ भवनमा कोरोना संक्रमितको उपचार सुरु भएको छ ।
वीरको नयाँ सर्जिकल भवनमा आज ५० बेडबाट उपचार सुरु गरिएको छ भने भोली १ सय बेडमा बिरामीको उपचार गरीने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा.जागेश्वर गौतमले बताए ।
५ सय १ बेड क्षेमता रहेको अस्पतालमा यसै हप्तादेखी पूर्ण क्षमताका साथ सुरु गर्ने तयारी भइरहेको छ । वीरमा उपचार व्यवस्थापनमा सहजीकरण गर्ने उदेश्यले प्रवक्ता गौतमले २ दिन अगाडि मात्रै २ जनालाई उपनिर्देशकमा नियुक्त गरेका थिए ।
प्रमुख कन्सलटेन्ट चेस्ट फिजिसियन सह प्राडा.अशेष ढुंगाना कोभिडतर्फ र नन् कोभिडतर्फ बरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा.नविन पोखरेललाई उपनिर्देशकको जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया