काठमाण्डु – हिमालय एयरलाइन्सले चीनबाट दुई लाख डोज खोप निःशुल्क ल्याउने भएको छ । हिमालय एयरलाइन्सको ३१९–११५ ९ एन एजेके एयरवसले जेठ १८ र १९ गते गरी युनान प्राप्तको कुनमिङ सहरमा चारपटक उडान गरी ती खोपहरु ढुवानी गर्नेछ ।
हिमालयका ती उडानहरुले भेरोसेल खोपका दुई लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येकपटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम १०५ वटा खोपका बाकसहरु बोक्ने जनाइएको छ ।
निःशुल्क उडानहरुमध्येका पहिलो कार्गो उडान काठमाडौंबाट सोमबार गएर मंगलबार त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले करिब दुई करोड २५ लाख बराबरको आर्थिक योगदान पु¥याउने कम्पनीले जनाएको छ ।
‘कोभिड–१९ महामारीविरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एयरलाइन्स तथा सम्बद्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो,’ हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले भने ।
यस्तै, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड–१९ संक्रमणको दोस्रो महामारीका समयमा हिमालयले राष्ट्र सेवामा पु¥याएको यो सानो तर, महत्वपूर्ण योगदान भएको बताए । उनले विपदका बेला आफूहरु जनताको साथमा भएको बताए ।




प्रतिक्रिया