उपेन्द्र यादवले बोलाए कार्यकारिणी समिति बैठक, महन्थ पक्षमाथि कारबाहीको सम्भावना

उपेन्द्र यादवले बोलाए कार्यकारिणी समिति बैठक, महन्थ पक्षमाथि कारबाहीको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षको कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

पार्टी फूटको संघारमा पुगेका बेला अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । आज पार्टी कार्यालयमा बस्ने बैठकले अर्का अध्यक्ष महन्थ ठाकूर समूहमाथि कारबाहीको सम्भावना रहेको स्रोतले जानकारी दियो ।

अध्यक्ष ठाकुर पक्ष ८ मन्त्री र दुई जना राज्यमन्त्रीसहित सरकारमा जान सहमत भएपछि यादवले कारबाही गर्ने तयारी गरेका हुन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्रको पक्षमा बहुमत रहेको छ ।  पार्टीको निर्णयविरुद्ध सरकारमा सहभागी हुने निर्णय गरेको भन्दै यादव पक्षले असन्तुष्टी पोेख्दै आइरहेको छ ।

यादवले ठाकुरसहितका नेतालाई स्पष्टिकरण सोधेका थिए । तर, उनीहरुले स्पष्टिकरणको जवाफ फर्काएनन् । साथै उपेन्द्र यादवले पनि ठाकुरले सोधेको स्पष्टिकरणको जवाफ दिएका थिएनन् ।