काठमाण्डु – जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।
मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीवाट निष्काशन गरेको हो ।
अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर, तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ नदिएपछि निष्कासन गरेको एक नेताले बताए ।




प्रतिक्रिया