एकताका लागि नेतृत्वबाट अन्तिम प्रयास गर्ने एमाले बैठकको निर्णय

एकताका लागि नेतृत्वबाट अन्तिम प्रयास गर्ने एमाले बैठकको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेतृत्वका तर्फबाट पार्टी एकता निम्ति अन्तिम समयसम्म पनि छलफल जारी राख्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

माधव नेपाल समूहले आफ्ना पार्टीका नेतालाई सरकारबाट हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागि पर्नु दुःखद् भएको उनले बताएका छन् ।

आजको बैठकमा बजेटबारे पनि छलफल गरिएको छ । बजेटले कोरोना केन्द्रीत र कोरोनापछिका रणनीतिबारे स्पष्ट पारेकाले बजेट उत्कृष्ट रहेको निष्कर्ष निकालेको उनले बताए ।