एमालेले भन्योः अनधिकृत व्यक्तिले बोलाएको बैठकमा नजानू

एमालेले भन्योः अनधिकृत व्यक्तिले बोलाएको बैठकमा नजानू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टीका नेता माधव कुमार नेपाल समूहले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबार एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको भन्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।’ नेपाल–खनालसमूह पक्षले आज आफू निकट केन्द्रीय कमिटी बैठक बोलाएको छ ।