कोरोनाको तेस्रो लहर विरुद्ध दिल्लीका मुख्यमन्त्रीले थाले तयारी

कोरोनाको तेस्रो लहर विरुद्ध दिल्लीका मुख्यमन्त्रीले थाले तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् । उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।

तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेका हुन् । दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।

उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने बुझिएको छ । स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ ।

मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाएका छन् । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ ।