जुवाखालबाट १५ जुवाडे पक्राउ

जुवाखालबाट १५ जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको न्युरोडबाट १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२२ न्युरोडबाट उनीहरुलाई १३ लाख ४३ हजार रुपैयाँ नगद, कौडा र ताससहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।

निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमध्ये भाग्ने क्रममा काठमाण्डु बाफल बस्ने भक्त बलामी घाइते भएका छन् ।

उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।