काठमाण्डु – लोपोन्मुख राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढा रहेका छन् ।
युवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनीहरूलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।




प्रतिक्रिया