समयमै भिसा नआउँदा सन्दीपले टी–२० ब्लास्ट क्रिकेट खेल्न पाएनन्


काठमाण्डु – नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बेलायतमा हुने टी–२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् । समयमै भिसा नआउँदा उनले बेलायतमा ९ जुनदेखि हुने टी–२० ब्लास्ट गुमाएका हुन् ।

सन्दीप प्रतियोगितामा सहभागी नहुने भएपछि वर्सेस्टसायर ¥यापिडले उनको स्थानमा न्युजिल्यान्डका खेलाडी इस सोधीलाई शनिबार अनुबन्ध गरेको जनाएको छ ।

सन्दीपले गत शुक्रबार मात्रै बेलायतको भिसा प्राप्त गरेका थिए । टी–२० ब्लास्टमा सहभागिता जनाउने विदेशी खेलाडीले मे महिनाभित्रै बेलायत पुगिसक्नुपर्ने थियो । नेपालबाट टी–२० ब्लास्टका लागि अनुबन्ध हुने सन्दीप पहिलो खेलाडी थिए ।

तेस्रो मुलुकमा क्वारेन्टिन बिताएर उनी बेलायत पुग्न जुन तेस्रो साता लाग्ने भएपछि उनलाई प्रतियोगिताबाट वर्सेस्टसायरले सहभागी नगराएको हो । सन्दीले पनि शुक्रबार भिसा प्राप्त गरेपछि धेरै ढिलो भइसकेको भनी सामाजिक सन्जालमा पोस्ट गरेका थिए ।

उनले फेसबुक लाइभमा भिसा र पासपोर्टकै कारण समयमा बेलायत जान नपाउँदा टी–२० ब्लास्ट खेल्न नपाउने जनाएका थिए । टी–२० ब्लास्ट खेल्न नपाउँदा निराश भएको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement