काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् ।
जेठ २४ गते पत्रकार सम्मेलनमार्फत सम्पति विवरण सार्वजनिक गर्ने घोषणा गरेका मन्त्री तामाङले बुधबार मन्त्रालयको वेवसाइटमा राखेका हुन् ।
जसअनुसार काठमाण्डुमा एउटा घरसहित १४ स्थानमा जग्गा रहेको छ । श्रीमती एवं प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको नाममा गोकर्णेश्वर नगरपालिका ८ मा अढाई तले घर रहेको छ ।
त्यस्तै सिन्धुपाल्चोकमा तीन, मोरङमा ९, काठमाण्डुमा एक र खोटाङमा एक ठाउँमा जग्गा रहेको उल्लेख छ ।
सम्पति विवरणअनुसार सुन २२ तोला, एभरेष्ट बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकमा तीन लाख २७ हजार ३ सय ५० रुपैयाँ बचत रहेको छ ।
मन्त्री तामाङले एक करोड २४ लाख रुपैयाँ लोन लिएको उल्लेख गरेका छन् । कृषि विकाश बैंकमा ४८ लाख, मा इन्भेष्टमेन्टमा ५४ लाख र अन्यमा २२ लाख रुपैयाँ लोन रहेको उल्लेख छ । जसमध्ये ८० लाख रुपैयाँ किस्ताबन्दीमा तिरेको उल्लेख छ ।
त्यस्तै श्रीमती र आफ्ना नाममा २० लाख रुपैयाँको शेयर रहेको छ । मन्त्री तामाङले सवारी साधन श्रीमतीका नामा बा ५ च २९७४ नम्बरको कार र आफ्ना नाममा बा ५ प ५२५७ नम्बरको मोटरसाइकल रहेको उल्लेख गरेका छन् । साथै दुई थान ल्यापटप र तीन थान मोबाइल रहेको उल्लेख गरिएको छ ।




प्रतिक्रिया