काठमाण्डु – राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली नगर्न माग गर्दै दर्ता भएको भ्याकेट (निवेदन)न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा परेको छ ।
सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै दर्ता भएको निवेदन दुई जना न्यायाधीशको इजलासमा परेको हो ।
सर्वोच्चको फैसला विरुद्ध ३ वटा पुनरावलोकनका लागि निवेदन दर्ता भएको थियो । गण्डकीका सभामुख नेत्रराज अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै अन्तरिम आदेश बदर माग गर्दै भ्याकेटको निवेदन दिएका थिए ।
यस्तै थापाका विपक्षी राष्ट्रिय जनमोर्चा नेपाल र गण्डकी प्रदेश सभा सचिवालयले पनि पुनरावलोकनको माग गर्दै निवेदन दिएका थिए ।
सभामुख अधिकारीले राजमोले दिएको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गरेका थिए । सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थापालाई न्यायाधीश कुमार चुडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो ।




प्रतिक्रिया