भोको पेटको सहारा बन्दै समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिम

भोको पेटको सहारा बन्दै समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहर नेपालसहित विश्वभर तिब्र गतिमा फैलिरहेको छ । यसको रोकथाम तथा नियन्त्रणको लागि स्थानिय सरकारले निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको समयमा कैयौं मानिसहरुको रोजगारी गुमेको छ, मजदुरहरुको छाक खोसिएको छ । विशेषगरी शारीरिक अपांग तथा असहाय, परिवारविहिन, मजदुर तथा आर्थिक विपन्न भएका व्यक्तिहरु एकैपटक रोग र भोकसंग लड्नुपरिरहेको अवस्था छ । यति बेला ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ गीतका हरफलाई अर्थ दिदैँ छन् जनता समाजवादी पार्टी संबद्ध युवा संगठन समाजवादी युवा संघ, कोभिड रेस्पोन्स टिमका युवाहरु ।

कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि स्थानिय सरकारले निषेधाज्ञाको घोषणा गरेसँगै कोभिड रेस्पोन्स टिमले उपत्यकामा भोका रहेकालाई विगत १४ दिनदेखि निशुल्क खाना खुवाउँदै आएको छ ।

भोकको कारण कसैले ज्यान गुमाउन नपरोस्, कोहि पनि भोकै बस्न नपरोस् भन्ने उदेश्यले ‘भोको पेटलाई निशुल्क भोजन तथा खाद्यान्न वितरण’ अभियान सञ्चालन गरेको आयोजक तथा समाजवादी युवा संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष हेमन्तकुमार राईले बताए ।

कोभिड रेस्पोन्स टिमले भोको पेटलाई दैनिक दुई सयदेखि चार सय जनासम्मलाई खाना खुवाउँदै आइरहेको छ । यो अभियान निषेधाज्ञा (लकडाउन) अवधिभर निरन्तर जारी राख्ने उनले बताए । साथै वरिष्ठ उपाध्यक्ष राईले अबको योजना अनाथलय र वृद्धाआश्रममा राहत वितरण गर्ने योजना गरेको बताए ।

उक्त टिमले काठमाण्डुको जोरपाटी चोक, बेशीगाँउ, जम्बुडाँडा, गुहेश्वरी, बालाजु विष्णुमति पुल, वीर हस्पिटल, भ्रदकाली मन्दिर, तिलगंगा, नयाँ वस्ती, गौरीघाट, मैपी हुँदै भक्तपुरको सानोठिमी र ललितपुरको महालक्ष्मीथानमा खाना वितरण गर्दै आइरहेको छ ।

कोभिड रेस्पोन्स टिमले यस विषम परिस्थितिमा अभियान सन्चालन गर्नु रहर नभई बाध्यता भएको बताएको छ ।