दाङको लमहीमा पार्किङ गरिराखेका सवारी साधन तोडफोड

दाङको लमहीमा पार्किङ गरिराखेका सवारी साधन तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका चारवटा सवारी साधन तोडफोड गरेको छ । देउखुरी लमहीका विभिन्न ठाउँमा पार्किङ गरेका गाडीमा इँटा र ढुङ्गा प्रहार गर्दा क्षति भएको प्रहरीले जनाएको छ ।

रा १ ख १७५९ नम्बरको ट्रक, लु १ ख ९१४९ नम्बरको बस, भे १ च २८१२ नम्बरको जीप र नम्बर नखुलेको डिलक्स बसमा तोडफोड भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

राति १२ बजेदेखि एक बजेको बिचमा सवारी साधनहरुमा तोडफोड भएको बताइएको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताए ।