म्याग्दीमा सरकारी कर्मचारी आवास क्षेत्रमा बाढी पस्यो, सुकुम्बासी बस्ती जोखिममा

म्याग्दीमा सरकारी कर्मचारी आवास क्षेत्रमा बाढी पस्यो, सुकुम्बासी बस्ती जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा रहेको सरकारी कर्मचारी आवास क्षेत्रमा बाढी पसेको छ ।  हिजोसाँझदेखि परेको वर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको बताइएको छ ।

भू–तथा जलाधार संरक्षण, वन डिभिजन र कृषि ज्ञान केन्द्रका कर्मचारी बस्ने दुई/दुई वटा आवास भवन, भू–संरक्षण र वन डिभिजन कार्यालयको नर्सरी तथा सँगै रहेको नर्सरीको भण्डारण भवनमा बाढी पसेको सहायक वन अधिकृत नवीन विश्वकर्माले बताए ।

बेनी–अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मङ्गलाघाट क्षेत्रमा रहेको आठ वटा कार्यालयका भवन र मुस्लिम समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ । वन डिभिजनको बहुवर्षे र भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीका बिरुवा बाढीले पुरेर नष्ट गरेको छ ।