ग्लोकल टिन हिरो नेपाल २०२१ लागि आवेदन खुल्ला

ग्लोकल टिन हिरो नेपाल २०२१ लागि आवेदन खुल्ला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोकल टीन हीरो नेपाल २०२१ का लागि आवेदन खुलेको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेका प्रभावकारी कार्यलाई कदर गर्दै उनिहरुले गरेको कामको सम्मान एवं प्रचार गर्ने उधेश्यले ग्लोकल प्रा.लीले हरेक बर्ष कार्यक्रम गर्दै आएको छ ।

सन् २०१५ मा काठमाण्डुका किशोर किशोरीहरुलाई लक्षीत गरि सुरु गरिएको कार्यक्रम सन् २०१६ पछि नेपालभर विस्तार गरिएको छ । हालसम्म नेपालका ६ किशोर किशोरिहरु ग्लोकल टिन हिरो अवार्डबाट सम्मानित भइसकेका छन् । ग्लोकल टिन हिरो ईन्डिया र श्रीलंकाबाट एक एक जना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हालसम्म ९१ जनालाई सम्मानित गरिएको आयोजकले जानकारी दिएको छ ।

ग्लोकल टिन हिरोलाई दक्षिण एसियाली राष्ट्रबीच प्रचार गर्ने आयोजक ग्लोकल प्रा.लिको लक्ष्य रहेकाे छ । यो बर्ष सेप्टेम्बर १ मा ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईनमै सन्चालन हुनेछ । नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका किशोर किशोरिहरुले मार्फत निशुल्क आबेदन भर्न सक्ने बताइएको छ ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तरवार्ता हुनेछ र २०२१ को बिजेता घोषणा गरिने छ ।

यसैबीच ग्लोकलले राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन पनि आयोजना गर्ने भएको छ । भर्चुअल रुपमा हुने कार्यक्रममा देश विदेशका किशोर किशोरीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । भर्चुअल सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोणमा प्यानल छलफल गरिनेछ । कार्यक्रममा सहभागिता जनाउन चाहने किशोर किशोरीहरुले https://nepal.glocalteenhero.com/ मार्फत निशुल्क अन्लाईन आवेदन भर्न सक्नेछन् ।