फ्रेन्च ओपनकोे उपाधि सर्बियाका खेलाडी जोकोभिचले जिते


एजेन्सी – यस वर्षको फ्रेन्च ओपनकोे उपाधि सर्बियाका खेलाडी नोभाक जोकोभिचले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा उनले ग्रीसका स्टेफानोस चिचिपासलाई सङ्घर्षपूर्ण खेलमा ३–२ सेटले हराउँदै उपाधि जितेका हुन् ।

पहिलो दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गरेका जोकोभिचले चिचिपासलाई ६–७, २–६, ६–३, ६–२ र ६–४ सेटले परास्त गरे । चिचिपासले पहिलो र दोस्रो सेटमा कायम गरेको लय तेस्रो सेटदेखि गुमाएका थिए ।

यो जोकोभिचको १९ औं ग्रान्डस्लाम उपाधि हो । अब उनी राफेल नाडाल र रोजर फेडररको नजिक पनि पुगेका छन् । समकालीन टेनिस खेलाडीहरुमा नाडाल र फेडररले २०–२० ग्रान्डस्लाम जितिसकेका छन् ।

पुरुष तर्फको फाइनल भिडन्तसँगै यस वर्षको फ्रेन्च ओपन समाप्त भएको छ । यसअघि शनिबार सम्पन्न महिला सिंगल्समा भने चेकोस्लोभाकियाकी टेनिस सुन्दरी बारबोरा क्रुजिकोभाले जितेकी थिइन् । यो उनको पहिलो ग्रान्डस्लाम उपाधि थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement