बुधबार तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

बुधबार तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल


काठमाण्डु – वि.सं.२०७८ साल असार ०२ गते । बुधबार । ईश्वी सन् २०२१ जुन १६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विगतका गल्ती तथा कमी कमजोरी हरुलाई सच्याउदै काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बद्ध बनाउन सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामगर्दा बिशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  माया प्रेममा तित्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । तरपनि बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । पैत्रिक धन तथा सम्पती परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिन पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी वढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । बिद्यार्थीहरुले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धी हरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला ।