उद्धार आवश्यक परे ११५५ मा फोन गर्नुहोस्

उद्धार आवश्यक परे ११५५ मा फोन गर्नुहोस्


काठमाण्डु – मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी–पहिरोले तहसनहस गर्न थालेको छ । आइतबारदेखिको निरन्तरको वर्षाले देशका धेरै नदी र खोलामा बाढी आएको छ ।

अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् । बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

११५५ नम्बरमा फोन गरेर वर्षा र बाढीबारेको जानकारी थाहा पाउन सकिने बताईएको छ । साथै उद्धारको लागि सहायता माग्न पनि ११५५ मा फोन गर्न सकिने प्राधिकारणले जनाएको छ ।

प्राधिकरणका अनुसार पहिलेका वर्षहरुमा बाढीको मात्र पूर्वानुमान गर्ने गरिएकोमा यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणाली विकास गरिएको छ । पहिरोको अति जोखिम रहेका नौ जिल्लामा यो प्रणाली विकास गरिएको पनि प्राधिकरणले जनाएको छ ।