काठमाण्डु – गृह मन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितीको आकस्मिक बैठक बसिरहेको छ ।
देशका विभिन्न क्षेत्र र सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्याएको खबर सार्वजनिक भएलगत्तै समितिको आकस्मिक बैठक सिंहदरबार बसेको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बैठकमा सिन्धुपाल्चोक लगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको बताए ।
विपद् व्यवस्थापन कार्यकारी समितीको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विप्द न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणका सिइओ अनिल पोखरेल, गृह सचिव र सह–सचिव जनकराज दाहाल सहितका पदाधिकारी सहभागी छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मात्र बाढीले बगाएर कम्तिमा ७ जनालाई बेपत्ता बनाएको छ ।




प्रतिक्रिया