जातिय विभेद गर्दै घर भाडामा नदिने घरबेटी पक्राउ

जातिय विभेद गर्दै घर भाडामा नदिने घरबेटी पक्राउ


काठमाण्डु – जातिय विभेद गर्दै कोठा भाडामा नदिने घरबेटी पक्राउ परेकी छन् । काठमाण्डुको बबरमहलस्थित सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार पक्राउ गरेको हो ।

सञ्चारकर्मी रूपा सुनारले घरभाडामा माग्न जाँदा आफुलाई जातीय विभेद गरेको भन्दै बिहीबार प्रहरीमा उजुरी दिएकी थिइन् ।जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम घरबेटीलाई प्रकउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर सिंहले जानकारी दिए ।

गत मंगलबार बबरमहलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताएकी थिइन । रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् ।