माओवादी केन्द्रले निर्वाचन आयोगमा पठायो १४ नेतालाई पार्टीबाट हटाएको पत्र

माओवादी केन्द्रले निर्वाचन आयोगमा पठायो १४ नेतालाई पार्टीबाट हटाएको पत्र


काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टी फेरेका १४ नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

सोमवार बिहान बसेको माओवादी केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको हो । सो निर्णयको माइन्यूटसहित दल दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगमा पत्र पठाएको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, टंक अङवुहाङ, दधिराम न्यौपाने लगायतका केन्द्रीय नेतालाई माओवादीले कारबाही गरेको पत्र पठाएको हो ।

माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अख्तियारी दिए अनुसार कारबाही गरेको जानकारी यसअघि नै पठाएको थियो । तर, आयोगले केन्द्रीय कमिटीको निर्णय नभइ कारबाहीको सूचना प्रकाशन नगर्ने बताएपछि आज केन्द्रीय कमिटी बसेर उक्त निर्णय अनुमोदन गरेको हो ।

त्यस्तै बैठकले केन्द्रीय कमिटीका १७ सदस्यलाई पार्टीबाट हटाइएको विवरण पनि अभिलेखीकरण गर्न सूचना पठाएको छ ।

निष्कासनमा परेका १४ जनप्रतिनिधि

१. रिनाकुमारी साह, प्रमुख—मौलापुर नगरपालिका, रौतहट

२. सियाराम कुशवाह, प्रमुख— कटहरिया नगरपालिका, रौतहट

३. परनिया देवी, उपप्रमुख— देवाही गोनाही नगरपालिका, रौतहट

४. गौरीशंकर जयसवाल, उपप्रमुख—मौलापुर नगरपालिका, रौतहट

५. कान्ती देवी, उपप्रमुख— फतुवाविजयपुर नगरपालिका, रौतहट

६. सीमलाल साह, उपप्रमुख— माधव नारायण नगरपालिका, रौतहट

७. गीतादेवी शाह, उपप्रमुख— युमनामाई गाउँपालिका, रौतहट

८. समतीलाल दास ताती, सदस्य— लहान नगरपालिका सिरहा

९. शेष फारुक, अध्यक्ष— सम्सी गाउँपालिका, महोत्तरी

१०. सुरेश कुमार थावा, वडाध्यक्ष— चम्पादेवी गाउँपालिका(१ ओखलढुंगा

११. भागिरथी विष्ट, वडाध्यक्ष— गौरीगञ्ज नगरपालिका(४, कैलाली

१२. शर्मानन्द भट्ट, वडाध्यक्ष— गोदावरी नगरपालिका(१ कैलाली

१३. पुरन विसी, वडाध्यक्ष— बर्दगोरिया नगरपालिका(४, कैलाली

१४. छायाँ देवकोटा, उपप्रमुख— भजनी नगरपालिका, कैलाली