काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहले महासमिति सदस्य पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आएका सहमहामन्त्री थापा समूहलाई ५५ जना महासमिति सदस्य दिइएको हो ।
कांग्रेसमा राप्रपाबाट आएका थापा समूहलाई समोजन गर्नका लागि भएको सहमति बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले समायोजन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
थापासहितको समूह गत वर्ष साउनमा राप्रपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।





प्रतिक्रिया