काठमाण्डु – उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले नेपाली भूमिमा भइरहेको भारतीय सुरक्षाकर्मीको अवरोधको विषयमा कुटनीतिक छलफल गरी समस्या समाधान गर्ने बताएका छन् ।
आज अन्तर्राष्ट्रिय सीमा सरोकार समाज कञ्चनपुरको मागपत्र बुझ्दै मन्त्री महासेठले भारतीय पक्षसँग कुटनीतिक छलफल गरी १० दिनभित्र समाधान खोज्ने प्रतिवद्धता जनाएका हुन् । भारतीय अवरोध कुटनीतिक पहल गरि तत्काल हटाउन माग गर्दै माग पत्र बुझाइएको समूहका संयोजक पल्लवराज भट्टले जानकारी दिए ।
कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुइँ क्षेत्रमा १३ सय मिटर हुलाकी सडक खण्डको निर्माण कार्य, भिमदत्त नगरपालिका ९ ब्रम्हदेवमा निर्माणाधिन कल्भर्ट लगायत जिल्लाका विभिन्न स्थानमा भारतीय सुरक्षाकर्मीले अवरोध गर्दै आइरहेको छ ।
ज्ञापनपत्रमा कञ्चनपुरको सीमा समस्याको मुख्य कारकको रुपमा रहेको स्टिप नक्सालाई नयाँ मुलुक नेपालमा गाभिएपछि अंग्रेजÞका पालाको नक्साअनुसार छनबिन गरि यथार्थता सार्वजनिक गर्दै सीमा बिन्दु एकीनगरी समस्याको दीर्घकालीन समाधान गर्न समेत माग गरिएको छ ।




प्रतिक्रिया