अन्तरजिल्ला आवतजावत गर्न प्रशासनको अनुमति अनिवार्य

अन्तरजिल्ला आवतजावत गर्न प्रशासनको अनुमति अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र अत्यावश्यक कामका लागि काठमाण्डु उपत्यका बाहीर जान र आउन पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले आज एक सूचना मार्फत मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न सहजिकरण गर्ने जानकारी दिएको हो ।

स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाइने पनि जनाइएको छ ।