चराचुरुंगीको आवाजबाट चर्चामा आएकी सन्तोषीको विभत्स हत्या

चराचुरुंगीको आवाजबाट चर्चामा आएकी सन्तोषीको विभत्स हत्या


काठमाण्डु – दक्षिणकाली मन्दिर परिसर जंगलमा एक युवतीको शव फेला परेको छ । कालोपुलमा बसोबास गरिरहेका धनबहादुर तामाङकी धर्मछोरी सन्तोषी सुब्बाको हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो ।

काठमाण्डु प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि गरे । उनी विभिन्न पशुपंछीको आवाज निकालेर चर्चामा आएकी थिइन् ।

उनको टाउको र अनुहार क्षतविक्षत भएको प्रहरीले एसएसपी सिंहले बताए । घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।

प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेका छन् । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुने प्रहरीले जनाएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।