काठमाण्डु – आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशक शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले कर फर्छ्योट आयोगका पदाधिकारीले बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिए ।




प्रतिक्रिया