फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?


काठमाण्डु – नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएकाे हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १२७ र डिजल, मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । त्यस्तै हवाई इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमले अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दावी गरेको छ ।