काठमाण्डु – प्रतिनिधिसभा विरुद्ध पाँच विद्यार्थी संगठनले आज विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले असंवैधानिक काम गरेको भन्दै आज अपरान्ह ३ बजे प्रदर्शनी मार्गमा पाँच विद्यार्थी संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पाँच राजनीतिक दलको बैठकले सरकारलाई दबाब दिने भनदै सडक संघर्षमा उत्रिने निर्णय गरको थियो ।
साथै विपक्षी गठबन्धनले संघर्षका कार्यक्रम बनाउनका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल नै बनाएको नेता गुरूङले बताए । ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ साथसाथै अगाडि लैजाने बताएका बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्धका रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको अन्तिम सुनुवाइ चलिरहेको बेला विपक्षी गठबन्धनले आफ्नो पक्षमा फैसला गराउने उद्देश्यले सडक संघर्षमा उत्रिने निर्णय गरेको देखिन्छ ।




प्रतिक्रिया