बलात्कारकाे प्रतिकार गर्न खोज्दा सन्तोषी सुब्बाको हत्या

बलात्कारकाे प्रतिकार गर्न खोज्दा सन्तोषी सुब्बाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सन्तोषी सुब्बा हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दक्षिणकाली मन्दिर परिसरमा मृत अवस्थामा भेटिएकी सन्तोषीको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सुरेश तिमिल्सीनालाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

सन्तोषी विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी थिइन् । असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिरनजिकै जंगलमा पुर्याएका थिए । पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो ।

घटनास्थलमा उनले जरबरजस्ती गर्नेक्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हत्यापश्चात अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी जनाएको छ ।